• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देशभर नि:शुल्क वितरण हुने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद हुने

64x64
नेपाल लाइभ मंगलबार, माघ ९, २०७४  १३:२५
1140x725

काठमाडौं- सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीहरुबाटै खरिद गर्ने विषयमा आवश्यक काम अगाडि बढाउन उच्चस्तरीय समिति गठन भएको छ।

स्वास्थ्य मन्त्रालयले पुस ३० मा मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा रमेश खरेल, प्राथमिक स्वास्थ्य तथा पूनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल र स्वास्थ्य मन्त्रालयका उपसचिव राजीव पोखरेल छन्।

समितिलाई प्रमुख चार वटा कार्यक्षेत्र तोकिएको छ। तीमध्ये पहिलो नम्बरमा ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्ने रहेको छ। त्यसपछि तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवर्द्धन गर्न आवश्यक सुझाब दिने रहेका छन्।

समितिको पहिलो बैठक बसिसकेको छ। समितिले अबको केही दिनमै प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाउने समितिका सदस्य दीपकप्रसाद दाहालले जानकारी दिए।

समितिका अर्का सदस्य भोगेन्द्र डोटेलका अनुसार निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैयाँ खर्च गर्दै आइरहेको छ। यो रकमबाट खरिद हुने अधिकांश औषधि भारत लगायतका देशबाट आउने गरेको छ।

निःशुल्क वितरण गर्ने सबै ७० प्रकारका औषधि नेपालमै पर्याप्त मात्रमा उत्पादन हुन थालेपछि यी औषधि नेपाली उत्पादकबाटै खरिद गर्ने निर्णयमा सरकार पुगेको हो। नेपालमा हाल करिब ४० अर्बको औषधि बजार छ। त्यसमध्ये नेपाली कम्पनीको हिस्सा ४५ प्रतिशत छ। सरकारले ७० प्रकारका औषधि र ३० वटा उत्पादनको आयातमा कडाई गर्ने हो भने यो हिस्सा ६० प्रतिशतभन्दा माथि पुग्ने दाहाल बताउँछन्। हाल नेपालमा ५५ वटा औषधि उत्पादन कम्पनी छन्।

यी औषधिमा नेपाल आत्मनिर्भर

नेपाल औषधि उत्पादक संघ (एपोन)ले आत्मनिर्भर औषधिको सूची बनाएर सरकारलाई उपलब्ध गराइसकेको छ । स्वास्थ्य मन्त्रालय र विभागमा एपोनले उपलब्ध गराएको आत्मनिर्भर औषधिको सूची अनुसार

nimb
nimb
Ncell 2
Ncell 2

एन्टी इन्फेक्टिभः अल्बेन्डाजोल, एमोक्सिसिलिन, एजिथ्रोमाइसिन, सेफाड्रग्सिल, सिप्रोफ्लोक्सासिन, क्लेथ्रोमाइसिन, कोट्राइमोक्साजोल, मेट्रोनिडाजोल, मेबेन्डाजोल, रोक्स्थ्रोमाइसिन र टिनिडाजोल ।

न्युरो साइक्याट्रीः अल्प्राजोलम, एमिप्टिप्टिलिन, क्रोनाजेपाम, डाइजेपाम, इसिटालोप्राम, फ्लोअक्सिटिन, लोराजेपाम, ओलोनाजिपाम, रेस्पेरिडोन र सेट्रालाइन।

ग्यास्ट्रोइन्टेस्टाइनलः एन्टासिड कम्बिनेसन, बिसाकोडाइल, डोमपेरिडोम, फेमोटिडिन, हायोसिनब्युटाइलब्रोमाइन, स्पागोलहुस्क, मेट्रोकोलोप्रोमाइड, ओमेप्राजोल, ओन्डेनस्याट्रोन, प्यान्टोप्राजोल र रेनिटिडिन।

न्युट्रिसनल सप्लिमेन्टः क्याल्सियम कार्बोनेट, क्याल्सियम प्लस भिटामिन डी थ्री, डाइजेस्टिभ इन्जाइम्स, फोलिक एसिड, ग्लुकोसेमाइन, आइरन, मिथाइलकोबालामिन, थाइमिन हाइड्रोक्लोराइड, भिटामिन बि कम्प्लेक्स ।

एन्टी एलर्जिक, इम्युन र रेस्पेरिटरी डिसअर्डरः  सिट्रिजिन, क्लोरोफिनारामिन, म्यालेट, सिप्रोहेप्टिडिन, डोक्सिफाइलिन र फेक्सोफेनाडिन ।

एन्टिएनालजेसिक/एन्टिइन्फ्लामेन्टरी/एनएसएआइडिएस/अर्थोः एसिक्लोफेन्याक, क्लोराजोक्साजोन, डिक्लोफेनाक पोटासियम/सोडिएम, डिक्लोफेनाक डाइथाइललामाइन, आइब्रुफिन, निमुस्लाइड, पारासिटामोल र ट्रामाडोल ।

कार्डियो/सेरेबो भास्कुलरः एम्लोडिपिन, एटिनोलोल, एट्रोभास्टाटिन, लोसरटान पोटासिएम, प्रोपानोलोल र ट्रानेक्सिमिक एसिड ।

नेफ्रो/युरोलोजीः एलोप्युरिनोल र फुरुसेमाइट ।

माउथवास एन्ड डेन्टलः क्लोरोहेक्जाडिन ग्लुकोनेट ।

डिसइन्फेक्टेन्सः प्रोभिडोन आयोडिन ।

भारतका गुणस्तरहीन औषधिलाई पटक–पटक स्विकृति

नेपाली बजारमा विक्री भइरहेको भारतको डा. रेड्डिज ल्याब्रोरटरी प्रालिबाट उत्पादित र्याबिप्राजोल सोडियम ट्याब्लेट (राजो २०) पटक–पटक मापदण्ड विपरित र गुणस्तरहीन पाइएको छ । ग्यास्ट्राइटिसको उक्त औषधि गुणस्तरहीन पाएपछि विभागले समस्या देखिएको ब्याचका औषधि फिर्ता गर्न गत असोज १७ गते सार्वजनिक सूचना निकालेर अनुरोध गर्‍यो ।

तर, ती औषधि फिर्ता भए/नभएको विषयमा विभागले चासो दिएन । न त उक्त कम्पनीलाई गुणस्तर सुधार गर्न चेतावनी नै दियो । ग्यास्ट्राइटिसको उपचारका लागि आवश्यक पर्ने यस्ता प्रकृतिका औषधि नेपाली कम्पनीहरुले पर्याप्त उत्पादन गर्दै आएका छन् । विदेशबाट आयात नहुँदा पनि नेपाली उत्पादनले माग धान्ने अवस्था छ । तर, भारतीय औषधिमा पटक–पटक समस्या देखिँदा पनि विभागले कारबाही र कडाइ गरेको छैन।

विभागको अनुमति पाएर नेपाली बजारमा भित्रिएको अर्को भारतीय कम्पनीको औषधि डिक्लोफेनाक सोडियम आइपी ७५ एमजीमा पनि गम्भीर त्रुटी भेटियो । सुइको माध्यमबाट दिइने दुखाइ कम गर्ने उक्त औषधिमा सुइजन्य औषधिको बनावटमा प्रयोग गर्न नमिल्ने पदार्थ भेटिएको थियो ।

इजेक्सनको माध्यमबाट सिधै रगतमा जाने यस्तो औषधिमा गम्भीर त्रुटी भेट्दा पनि विभागले सार्वजनिक सूचना जारी गर्दै एउटा ब्याचको औषधि फिर्ता गर्न मात्र भन्यो । समस्या देखिएका औषधि बजारबाट फिर्ता भए/नभएको कुनै विवरण विभागमा आएको छैन । भारतीय कम्पनीले उत्पादन गर्ने उक्त औषधि पनि नेपाली कम्पनीबाट उत्पादन हुन्छ ।

विभागले हरेक वर्ष अनुगमनका क्रममा भारतबाट आयात भएका धेरै औषधिमा समस्या फेला पार्छ तर ती औषधिलाई रोक्न र कारबाही गर्न सक्दैन ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध सोमबार, असार १५, २०८३
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश सोमबार, असार १५, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्