जापान - ज्वालामुखी विष्फोटपछिको हिम पहिरोमा परि जापानमा एक सैनिकको मृत्यु भएको छ। सो घटनामा परि कम्तिमा १४ जना घाइते भएका छन्। जसमध्ये केहिको अवस्था गम्भिर रहेको जापानी समाचार संस्थाहरुलाई उदृत गर्दै बिबिसीले लेखेको छ।
मध्य जापानको केन्द्रिय गुन्मा प्रान्तस्थित कुसात्सु हिमालको नजिकै ज्वालामुखी विस्फोट हुँदा करिव १ किमी क्षेत्र वरिपरीको इलाकालाई चर्काइ दिएको छ। जसका कारण चट्टानहरु सहितको हिमपहिरो गएको बताइएको छ।
सो समयमा नजिकैको रिसोर्टमा रहेका एक ट्रक चालकसहित ४ जना घाइते भएका छन्। सोहि क्षेत्रमा अभ्यास गर्दै आएका ६ सैनिकलाई जीवितै उद्दार गरिएको छ।
राजधानी टोकियोबाट करिव १ सय ५० किमी टाढा रहेको कुसात्सु–सिराने हिमालमा मंगलबार बिहान ज्वालामुखी विस्फोट भएको हो÷होइन भन्ने बारेमा अझै पुष्टि नभइ सकेको बताइएको छ।
‘बिहानैदेखि सो हिमालको भौगोलिक स्थीतिमा निकै हलचल उत्पन्न भएको थियो। तर अझै पनि हामी सो हलचललाई बृहत तवरबाट अनुसन्धान गर्दै सहि तथ्य स्पष्ट बहिर ल्याउन प्रयासरत छौँ।’,जापानको मौसम विभागको भनाई उदृत गर्दै रोएटर्स समाचार एजेन्सीले लेखेको छ। विभागले सो हिमाल आरोहणका लागि नजान समेत सचेत गराएको छ।
जापानको सरकारी टेलिभिजन एनएचकेले करिव १ किमीसम्म चट्टानसहित ज्वालामुखीको लाभा बगेर आएको बताएको छ। उता स्थानिय समाचार संस्थाहरुले भने चट्टान खसेको तथा हिम पहिरो गएको दृश्य प्रशारण गरिरहेका छन्।
रिसोर्टमा रहेका एक प्रत्यक्षदर्शीले भने,‘सुरुमा हिमालबाट कालो धुँवाको मुस्लो माथि उडिरहेको देखियो। त्यसपछि हामीलाई ३० मिनेटभित्र रिसोर्ट खाली गर्न भनियो।’ एनएचकेका अनुसार सो स्थानबाट करिव १ सय भन्दा बढिलाई उद्दार गरिएको छ।
जापानको अग्नी तथा प्रकोप व्यवस्थापन विभागले हिमालबाट करिव २ किमी टाढासम्म चट्टान खस्नसक्ने बताएकोले सुरक्षित रहन आग्रह गरेको छ।
जापान विश्वमै भोगोलिक हिसावले धेरै भुकम्प जाने र ज्वालामुखी फुट्ने देशहरुमा पर्दछ। यसअघि सन् २०१४ मा ओन्टेक हिमालमा ज्वालामुखी विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।