काठमाडौं– ग्लोबल आइएमई बैंकले बेलायतमा सेवा विस्तार गरेको छ। बेलायतको एल्डरसर्टमा रहेको सम्पर्क कार्यालयको गर्भनर डा चिरञ्जीवी नेपालले उद्घाटन गरे। नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये बेलायतबा सेवा विस्तार गर्ने ग्लोबल आइएमई पहिलो बैंक हो।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रशस्त सम्भावना रहेकाले लगानीका लागि बेलायतस्थित व्यवसायीहरुलाई आग्रह गरे। नेपालीहरु धेरै रहेका अन्य देशमा समेत सेवा विस्तार गर्दै जाने बैंकको योजना रहेको उनले जानकारी दिए।
बेलायतको सेवा विस्तारसँगै त्यहाँका नेपालीलाई रेमिट्यान्स लगायत बैंकिङ कारोबार गर्न सहज हुनेछ। नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीबीच व्यापारिक एवं लगानी सम्बन्धी प्रवर्द्धनात्मक कार्यमा समेत सघाउने बैंकको दाबी छ।
बैंकले हाल ११३ शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर १४ वटा राजस्व संकलन काउन्टर र ६० शाखारहित बैंकिङ सेवा मार्फत कारोबार गरिरहेको छ। स्थापनाकालदेखि नै रेमिट्यान्स सेवामा जोड दिँदै आएको बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढी रेमिट्यान्स नेपालमा भित्र्यायाउन सफल भएको छ।
त्यसैगरी मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।