ललितपुर– राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रका तीन शीर्ष नेताको बैठक बसिरहेको छ।
मंगलबार बिहानदेखि माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए। 'बैठक बसिरहेको छ', उनले भने, 'आजै नाम टुंगो लाग्छ।'
यसअघि माओवादीका शीर्ष तीन नेतालाई उम्मेदवार टुंग्याउने जिम्मेवारी दिइएको थियो। निर्वाचन आयोगले बुधबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेकाले नाम टुंगो लगाउन पार्टीलाई सकस परेको हो।
नेकपा एमाले र माओवादी केन्द्रले ५६ मध्ये ४३ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। उनीहरुले क्रमश २९ र १४ स्थानमा उम्मेदवारी दिनेछन्। एमालेले भने हिजो ५, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवार छनोट गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।