काठमाडौं- लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जा प्रवाह १७ दशमलव ७९ प्रतिशतले बढाएको छ। ६० अर्ब २७ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जामा ५५ अर्ब २ करोड रुपैयाँ प्रवाह गरेको हो। बैंकले गत वर्ष ५५ अर्ब ५५ करोड रुपैयाँ निक्षेप र ४६ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी थियो।
बैंकले ६ महिनाको अवधिसम्ममा खुद मुनाफा २७ दशमलव ७७ प्रतिशतले बढाएको छ। बैंकले ५१ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको पुसमा बैंकको नाफा ४० करोड ६३ लाख रुपैयाँ थियो।
बैंकले सञ्चालन मुनाफामा ४१ दशमलव शून्य ८ प्रतिशतले वृद्धि गरी ६९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४८ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।
बैंकले खुद ब्याज आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढाएको छ। बैंकले ९९ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको अघिल्लो वर्षको ब्याज आम्दानी ९० करोड ५९ लाख रुपैयाँ थियो।
बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा रहेको छ। खराब कर्जा १ दशमलव २९ प्रतिशत छ भने बैंकले जगेडा कोषमा २ अर्ब ३ करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको खराब कर्जा १ दशमलव २९ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।