काठमाडौं- नेकपा एमालेले नवराज सिलवालविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ।
राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरु चयन गर्न सोमबार बेलुका बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले सिलवालका विषयमा पनि जानकारी सार्वजनिक गरेको हो।
यस्तो छ एमालेले सार्वजनिक गरेको जानकारी
एमालेले ललितपुर– क्षेत्र नं १ नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।