टोकियो - जापानको राजधानी टोकियोको अधिकांश क्षेत्रमा सोमबार भारी हिमपात भएको छ ।
दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमवर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् ।
जापान जलवायु विभागले टाहोकु र होक्काईदोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार बिहानसम्म ३० सेन्टिमिटर हिउँ थुप्रिने अनुमान गरिएको जनाएको छ ।

त्यसैगरी होकुरिकुदेखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ ।
मंगलबारसम्म टोकियोका २३ वार्डमा १० सेन्टिमिटर र अन्य ठाँउहरूमा ३० सेन्टिमिटर बाक्लो हिउँ पुग्ने देखिएको छ ।

जापानको सार्वजनिक प्रसारण (एनएचके)ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ ।
त्यसैगरी टोमेई र शिन टोमेई द्रूतमार्ग, अन्तर महानगर र सुटो द्रूत मार्गमा सवारी साधन राम्रोसँग चलाउने अवस्था रहेको अधिकारीहरुले बताएका छन् ।

जापानी झण्डाबहाक जापान एयरलाइन्सले २० भन्दा बढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।

रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।