कठमाडौ. नेकपा -एमाले_ले माओवादी केन्द्रसँग पार्टी एकताका लागि दुई कार्यदल गठन गरेको छ।
द्युई पार्टीबीचको सैद्धान्तिक नीति बनाउने र संगठनात्मक संरचना बनाउन कार्यदल गठन गरिएको हो। दुवै कार्यदलमा रहने नेताहरुको नाम तय भइसकेको छैन।
सोमबार अबेरसम्म पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। पार्टी एकतालाई थप अघि बढाउन कार्यदल गठन गर्ने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले बताए।
राष्ट्रियसभाका उम्मेदवारहरुको नाममा छलफल भएपनि निर्णय हुन सकेन। मंगलबार त्यससम्बन्धि टुंगो लगाउने तयारी छ।
बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएका कुराकानीको बारेका बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।