काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा संचालकको उमेर हद तोकेको छ।
सोमबार एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले पहिलो पटक बैंकका संचालक समिति सदस्य तथा सिइओको उमेर हद तोकेको हो।
राष्ट्र बैंकले तोकेको उमेर हद अनुसार अब ६९ वर्ष पुगेका कोही पनि व्यक्ति बैंक तथा वित्तीय संस्थामा सिइओ रहन पाउने छैनन्। यसैगरी ६५ वर्ष पूरा भएका व्यक्ति पनि सिइओ नियुक्त हुन वा पुनः नियुक्त नहुन नपाउने भएका छन्।
'६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त/पुन नियुक्त हुन योग्य हुने छैन। साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन सक्ने छैन,' राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ।
यसैगरी ७० वर्ष नाघेका व्यक्ति संचालक समितिको कुनै पनि पदमा नियुक्त हुन नपाउने भएका छन् भने ७४ वर्ष पूरा भएका व्यक्ति कुनै बैंकको संचालक समितिमा सदस्य रहे ती व्यक्तिले पनि सो पद त्याग्नु पर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।