अफगानिस्तान- अफगान सुरक्षा फौजले कुन्दुज प्रान्तमा तालिबान लडाकु विरुद्ध गरेको कारबाहीमा ५० भन्दा बढी लडाकु मारिएका छन्।
कारबाहीका क्रममा ३० जना घाइते भएको अफगानी सेनाका एक जना प्रवक्ताले जनाएका छन्।
प्रवक्ता गुलाम हज्रात कारिमीले कुन्दुज प्रान्तको चार डारा जिल्लामा एक साता अगाडिदेखि सुरु भएको कारबाही आइतबार राति सकिएको बताए।
तालिबान लडाकुहरूको नियन्त्रणमा रहेका १० गाउँ अहिले आफ्नो नियन्त्रणमा आएको सेनाले दाबी गरेको छ।
एकहप्ते सुरक्षा कारबाहीका क्रममा तालिबानका २० लडाकुहरुलाई सुरक्षाफौजले पक्राउ गरेको प्रवक्ता कारिमीले जानकारी दिएका छन्।
दुई पक्षबीच भएको भिडन्तका कारण झन्डै दुई हजार परिवार विस्थापित भएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।