काठमाडौं– एकपछि अर्को कलाकारहरुको छनोट र पारिश्रमिक रेटबाट चर्चा फैलाउँदै आएका निर्माता पूजा शर्मा र निर्देशक सुदर्शन थापाले अन्तत: आफ्नो फिल्मको न्वारान गरेका छन्। लामो समय फिल्मको नाम सस्पेन्समा राखेका उनीहरुले फिल्मको नाम ‘रामकहानी' जुराएका हुन्।
यसै साता जुराइएको नामलाई केही दिनअघि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरेको फिल्मकी निर्मात्री पूजाले नेपाल लाइभलाई बताइन्।
फिल्मका लागि केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारहरु अनुबन्ध भइसकेका छन् भने मुख्य अभिनेताको छनोट हुन केही दिन लाग्ने पूजाले बताइन्। फिल्ममा मुख्य अभिनेत्रीमा पूजा आफैं देखा पर्नेछिन्।
फिल्मबारे चाँडै औपचारिक घोषणा गरिने र लगत्तै फ्लोरमा जाने मिति समेत तय गर्ने जनाइएको छ।
लभस्टोरी र कमेडी जनरामा बन्न लागेको ‘रामकहानी’ पूजाले निर्माण गर्न लागेको दोस्रो फिल्म हुनेछ। यसअघि उनले 'म यस्तो गीत गाउँछु' मा लगानी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।