काठमाडौं– महाराजगञ्जस्थित एक स्कुलभित्रै छात्रालाई बलात्कार गर्ने कर्मचारी जेल चलान भएका छन्।
गत महिना स्कुलकै कर्मचारीले १० कक्षामा अध्ययरत छात्रालाई बलात्कार गरेका थिए। अभियुक्त सुजन श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए।
प्रहरीका स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएका थिइन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन्। साँझको समयमा छतमा लगेर आफूमाथि बलात्कार गरेको उजुरीमा छ। बहाना बनाएर छतमा बोलाएको र बलात्कारगरेपछि कसैलाई नभन्न धम्की दिएको पीडितले बताएकी छिन्।
सिन्धुपाल्चोक स्थायी घर भएका अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा बस्दथे। सुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।