काठमाडौं- फिल्म 'कोहलपुर एक्सप्रेस'ले श्रीपञ्चमीको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेको छ।
अभिनेत्री केकी अधिकारी निर्मात्री बनेको पहिलो फिल्मको ‘सि ओे डब्लु- काउ’ बोलको गीत सार्वजनिक गरिएको हो।
राजनराज शिवाकोटीको स्वर, रचना र संगीत रहेको गीतमा राजनराजसँगै मेलिना राईको पनि स्वर छ। गीतको भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माका साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन्।
फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ। फिल्मको निर्देशन विशाल भण्डारीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।