काठमाडौं- नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश ७ का महिला सांसदले आरजु राणालाई राष्ट्रियसभाको सांसद बनाउन माग गरेका छन्।
प्रदेशसभाको सपथ ग्रहण गरेलगत्तै सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महिला प्रदेश सांसदले प्रतिनिधिसभामा महिला सहभागिता न्यून हुने भएकाले सामाजिक आन्दोलन र महिला सशक्तिकरणकी अभियान्ता आरजु राणालाई राष्ट्रियसभामा लैजान माग गरेका हुन्।
राणाको राष्ट्रियसभामा हुने उपस्थितिले प्रदेश नम्बर ७ का महिलाको संवैधानिक हक र अधिकार स्थापित गर्न सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी राणालाई राष्ट्रियसभामा लैजान माग गर्दै हस्ताक्षर गर्नेमा सांसदहरु दिव्यश्वरी शाह, उमादेवी वादी, अम्बीकुमारी थापा र नन्दा वम छन्।
नेपाल लाईभसँग कुरा गर्दै कांग्रेसबाट प्रदेशसभाको समानुपातिक सांसद उमा वादीले सुदुरपश्चिमको महिला आन्दोलनमा आरजु राणाले महत्वपूर्ण योगदान पुर्याएकाले राष्ट्रियसभामा लैजान माग गरिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।