मुम्बई - बलिउडका 'सुल्तान' सलमान खान अभिनित चलचित्र 'बजरंगी भाइजान' अब छिट्टै चीनमा रिलिज हुने भएको छ। यसअघि २०१५ मा भारतलगायत विश्वका अन्य देशमा रिलिज भएको 'बजरंगी भाइजान' धेरै दर्शकको रोजाइमा परेको थियो।
भारतका मल्टीप्लेक्सको सफलतासँगै चलचित्रलाई अब चीनमा पनि प्रर्दशन गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। चलचित्रको रिलिजसँगै चिनियाँ दर्शकका लागि सलमानको अभिनय हेर्ने यो पहिलो मौका हुनेछ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसभन्दा अघि चीनमा सलमानका कुनै पनि फिल्महरु प्रर्दशनमा आएका थिएनन्।
भारतपछि आमिर खान अभिनित चलचित्रहरु एक पछी अर्को गर्दै चीनमा पनि रिलिज हुँदै आएका छन् । बलिउड सुपरस्टार आमिर खानका चीनमासमेत ठूलो संख्यामा फ्यान तथा फलोवर्सहरु रहेको बताइन्छ। आमिर अभिनित चलचित्र 'थ्रि इडीयट्स'पछी उनका प्रायः सबै चलचित्रहरु चीनमा रिलिज भईसकेका छन् । रिलिज सँगसँगै उनका प्रत्येक चलचित्रले करोडौँको व्यापार समेत गर्न सफल भएका छन्।
पछिल्लो समय चीनमा प्रर्दशनमा आएको आमिर अभिनीत चलचित्र 'सेक्रेट सुपरस्टार'ले २ दिनमा नै ११०.५२ करोडको व्यापार गरिसकेको जनाइएको छ।
आमिरका चलचित्रझैँँ सलमान अभिनीत चलचित्रको चीन प्रर्दशनको तयारीलाई यतीबेला भारतीय सिने नगरीले अर्को उचाईको फड्कोको रुपमा व्याख्या गर्न थालेका छन्।
आमिरपछि सलमानको 'बजरंगी भाईजान' भने चीनमा ‘लिटिल लोलिता मंकी गाड अंकल’ नामबाट रिलिज गरिने उल्लेख गरिएको छ। चलचित्रमा 'लोलिता'को क्यारेक्टरले मुन्नी (बालकलाकार) को प्रतिनिधित्व गर्नेछ भने 'मंकी गाड अंकल'ले बजरंगी भाइजान (सलमान) को प्रतिनिधीत्व गर्नेछ।
सलमानको मुख्य भुमिका रहेको 'बजरंगी भाइजान' मार्च २ तारिखबाट ८ हजारभन्दा धेरै चीनीया हलहरुमा एकसाथ प्रर्दशनमा आउने बताइएको छ।एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।