काठमाडौं- चालू आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासिकमा गरिमा विकास बैंकको खुद मुनाफा १३ दशमलव १७ प्रतिशतले बढेको छ। बैंकले ३ महिनामा १८ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको हो। गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो।
२ अर्ब ५३ करोड रुपैयाँ चुक्त पुँजी भएको बैंकले सञ्चालन मुनाफामा ११ दशमलव ९५ प्रतिशतले वृद्धि गरि २८ करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको छ। त्यस्तै खुद ब्याज अम्दानीमा २७ दशमलव ५२ प्रतिशतले वृद्धि गरि ६२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ।
१७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३ दशमलव ६२ रुपैयाँ छ। बैंकको पुँजी कोष अनुपात २१ दशमलव ३७ प्रतिशत रहेको छ। प्रतिशेयर नेटवर्थ १ सय १८ दशमलव ५४ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।