काठमाडौं– महालक्ष्मी विकास बैंकले बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकमा रहेको शाखा तिलोत्तमा नगरपालिका–६ मणिग्राममा स्थानान्तरण गरेको छ।
स्थानान्तरण भएको शाखामा आइतबारबाट कारोबार सुरु गरेको हो। शाखाबाट निक्षेप, कर्जाका साथै आधुनिक बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले २०७४ पुससम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।