• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१० हजारभन्दा बढी रकम असुली गर्ने म्यानपावरमाथि विभागको स्टिङ अप्रेसन

अब चुप लागेर बस्दैनौं : महानिर्देशक भुसाल
64x64
नेपाल लाइभ आइतबार, साउन १९, २०७६  २०:२७
1140x725

काठमाडौं-  सरकारले फ्री-भिसा फ्री-टिकट नीति लागू गरेका खाडीलगायत विभिन्न मुलुकमा युवा पठाउँदा १० हजारभन्दा बढी शुल्क असुली गर्ने म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले स्टिङ अप्रेसन सुरु गरेको छ।

कामदारबाट तोकिएको भन्दा बढी रकम असुल्ने म्यानपावर कम्पनीमाथि विभागले स्टिङ अप्रेसन सुरु गरेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए। 

‘हामीले कामदारबाट बढी रकम असुल्ने म्यानपावर कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइसकेका छौँ, अब हामी चुप लागेर बस्दैनौँ,’ महानिर्देशक भुसालले नेपाल लाइभसँग भने।  

यसै सन्दर्भमा विगाले स्टिङ अप्रेसनका लागि अनुगमन गर्न जनशक्ति परिचालन गरेको छ। आइतबार विभागले ललितपुर कुपन्डोलस्थित प्याराडाइज इन्टरनेसनलमा छापा मारेको छ। कामदारलाई युएई पठाउने नाममा प्रति कामदार १ लाख १५ हजारदेखि १ लाख ३० हजारसम्म रकम असुली गरिरहेको गोप्य सूचनाका आधारमा विभागले सो म्यानपावर कम्पनीमा छापा मारेको हो। 

छापा मार्ने क्रममा विभागको टोलीले तनहुँका कुमार गुरुङबाट म्यानपावरले १ लाख १५ हजार लिएको अबस्थामा रंगेहात फेला पारेको थियो।

प्याराडाइज म्यानपावरले युएईको फर्नेक कम्पनीमा क्लिनर काम भनी कुमार गुरुङसँग १ लाख १५ हजार असुली गरेको थियो। ‘पकेट खर्च छैन, १ लाख ५ हजारमा मिलाईदिनुस् न भन्दा पनि म्यानपावरले मान्दै मानेन,’ पीडित गुरुङले भने। 

कुमार गुरुङसहित देवेन्द्र गुरुङ, गंगाबहादुर परियार, सुमन सार्कीलाई युएईको फर्नेक कम्पनीमा क्लिनर काममा पठाइदिने भन्दै प्याराडाइज म्यानपावरले प्रतिव्यक्ति १ लाख १५ देखि १ लाख ३० हजार रकम माग गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

युवाहरुले आइतबार बुझाएको रकम विभागको अनुगमन टोलीले जफत गरेको छ। कुमार गुरुङले बुझाएको १ लाख १५ हजार र देवेन्द्र गुरुङले बुझाउँदै गरेको १ लाख १० हजार रकम जफत गरिएको हो। देवेद्र गुरुङलाई पनि सोही कम्पनीमा जानका लागि १ लाख १५ हजार लाग्ने बताइएको थियो। 

आइतबार देवेन्द्र गुरुङले १ लाख ५ हजार म्यानपावरलाई बुझाउँदा म्यानपावर कम्पनीले सो रकम लिन नमानेपछि उनले १ लाख १० हजार रकम बुझाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो।

सुमन सार्कीले भने प्याराडाइज म्यानपावरको पोखरा शाखाकी एजेन्ट सविना गुरुङलाई १ लाख ३० हजार रकम बुझाएको खुलेको छ। सो रकमबाट १ लाख २० हजार रकम फिर्ता दिन विभागले प्याराडाइजका म्यानेजिङ डाइरेक्टर जय खापुङलाई निर्देशन दिएको छ। 

खापुङले आफूले सो रकम फिर्ता गर्न लगाउने बताएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म्यानपावरले १ लाख १५ हजारभन्दा १ रुपैयाँ पनि कम नहुने बताएको थियो, सोही बेला विभाग टोली पुगी देबेन्‍द्र गुरुङलाई पनि १० हजारमा युएई उडाउन विभागले म्यानपावरलाई लिखित निर्देशन दिएको छ। 

म्यानपावरलाई कागज गराई आइतबार युएई उडान भएका कामदारलाई आजै उडान गराउन र गन्तव्यमा पुगेपछि पनि तोके अनुसारको तलब सेवासुविधा र पारिश्रमिक सुनिश्चितता गराउने शर्तनामा गराएको छ। त्यस्तै म्यानपावरलाई विभागमा बयानका लागि समेत पत्र काटेको छ। 

आइतबार नै विभागले सोही प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो। तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारी शाखा बन्द गरेर बाहिर निस्किसकेका थिए। 

त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो। बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एकएक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिँदै गरेको पाइएको थियो। टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ।

सार्वजनिक बिदामा पनि विभागको छापा
सार्वजनिक बिदाका दिन पनि वैदेशिक रोजगार विभागले म्यानपावर माथि अनुगमन प्रक्रिया निरन्तर अघि बढाउने बताएको छ। 

महानिर्देशक भुसाल भन्छन्, ‘म्यानपावरको बद्मासीमाथि सार्वजनिक बिदा होस् वा शनिबार हामीलाई रोक्दैन।’शनिबार (हिजो) पनि विभागको अनुगमन टोलीले बत्तीसपुतलीस्थित क्लासिक ओभर्सिस् म्यानपावर कम्पनीमा छापा मारेको थियो। 

१४ महिना यता बन्द रहेको मलेसिया रोजगारीमा पठाउने भन्दै कामदारहरुको अवैधानिक अन्तरवार्ता  लिइरहेको अवस्थामा विभागले छापा मारेको हो। 

छापा मारेको अवस्थामा सय जनाभन्दा बढी युवालाई अवैधानिक रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको अनुगमन टोलीले फेला पारेको थियो।

म्यानपावरले सो म्यानपावरकी सञ्चालिका सारदा न्यौपानेलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइसकेको विभागले जनाएको छ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न तथा वैदेशिक रोजगार सम्बन्धी गैह्रकानुनी कार्यहरु नियन्त्रण गर्न अनुगमन टोली परिचालन गरिएको विभागले बताएको छ।  अनुगमन टोली परिचालन कार्यविधि २०७६ गत शुक्रबारदेखि लागू गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ। सोही कार्यविधिलाई टेकेर विभागले कुनै पनि समय वा सार्वजनिक बिदाका दिन समेत अनुगमन गर्न सक्नेछ। 

सरकारले २०७२ असार २१ गतेदेखि लागू हुने गरी फ्री भिसा फ्री टिकट नीति ल्याएको छ।

यस नीति अनुसार बहराइन, कुवेत, ओमान, साउदी, युएई, कतार, मलेसिया गरी ७ वटा मुलुकमा कामदार पठाउँदा म्यानपावर कम्पनीले प्रतिव्यक्ति १० हजार लागत शुल्क मात्रै लिन पाउने व्यवस्था गरिएको छ। 

तर सो नीति कार्यान्वयन नहुँदा कामदारले १ लाखदेखि ५ लाखसम्म बुझाएर रोजगारीका लागि जान बाध्य छन्। त्यसमाथि पनि म्यानपावर कम्पनीले कामदारबाट लाखौँ रकम असुली गरी १० हजार बुझाएको नगदी रसिद मात्रै उपलब्ध गराउँदै आएकाले यसबाट कामदार थप मारमा परेका छन्।

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्