हनोई- आर्थिक अनियमिताको आरोपमा भियतनामका एक उच्च अधिकारीलाई १३ वर्षको जेल सजाय सुनाइएको छ।
सत्तारुढ कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य डिन्ह ला थाङलाई अर्थिक अनियमिता गरेको आरोपमा जेल सजाय सुनाइएको हो। सरकारी तेल कम्पनी पेट्रो भियतनामको प्रमुख पदमा रहँदा उनले भ्रष्टाचार गरेका थिए।
गएको एक दशकमा सबैभन्दा उच्च अधिकारीलाई यति धेरै सजाय भएको योे पहिलो घटना हो।
पछिल्लो समयमा पेट्रो भियतनाम लगातार घाटामा जानुमा अर्थिक अनियमितता नै प्रमुख कारण रहेको त्यहाँको अदालतले ठहर गरेको छ।
पहिलो चरण्को जाँचबुझका आधारमा पेट्रो भियतनामका पूर्व प्रमुख थाङलाई १३ वर्षको सजाय तोकिए पनि मुद्दाको सुनुवाइका क्रममा आजीवन कारावास सजायको माग गरिएको थियो।
सरकारी उच्च अधिकारी तथा बैंकिंङ कर्मचारीहरु समेत सो भष्टाचारमा सामेल भएको बताइरहँदा भएको यो जेल सजायलाई सकारात्मक सुरुवातका रुपमा लिइएको छ।
थाङसँगै अन्य २० जना अभियुक्तलाई समेत सोमबार सजाय सुनाइएको छ। उनीहरुलाई हनोईस्थित अदालतले कसुरअनुसार जेल सजायका अलावा ३ देखि ९ वर्षसम्मका लागि सरकारी सेवाबाट निलम्बनको आदेश जारी गरेको छ।
सो जेल सजायलाई भ्रष्टाचारविरुद्ध सत्तारुढ दलले चालेको महत्वपूर्ण कदम तथा पार्टीभित्रको आन्तरिक शुद्धीकरणको रुपमा समेत हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।