सर्लाही- सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ।
आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी उनलाई करेन्ट लागेको थियो। स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मन्दिरबाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारबाट करेन्ट प्रवाह हुँदा दुर्घटना भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।