तेहरान - इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड इराक राज्यको पक्षमा’ रहेको बताएका इराकको सरकारी टेलिभिजनले जनाएको छ ।
सवै क्षेत्रीय राज्य तथा जातिय समूहहरू आफ्नो दायित्वप्रति जिम्मेवार बन्दै इराकमा संघीय प्रशासनको पक्षमा रहेका र आन्तरिक सिमांकनमा सहयोग गर्ने रौहानीले आइतबार इराकी कुर्दिस्तान राज्यका प्रधानमन्त्री निचिर्वान बार्जानीसँगको कुराकानीका क्रममा बताएका हुन्।
अतिरिक्त क्षेत्रीय शक्ति तथा त्यहाँको नेतृत्वले कुर्दिस्तान राज्यसँग कुनै सम्झौता गर्ने वा सदासयता नदेखाउने पनि रौहानीको भनाई थियो ।
विदेशी शक्तिको इराकमा हस्तक्षेप इराक तथा यस क्षेत्रमा स्थायित्व तथा सुरक्षाका लागि लक्षित रहेको रौहानीको दावी थियो । अतिरिक्त क्षेत्रीय शक्तिले आफ्नै दीर्घकालिन उद्देश्य प्राप्तिका काम गर्ने बारेमा मात्र सोचेको उनले प्रष्ट पारे।
बर्जानीले भने,'इराकी कुर्दिस समुदायले एकिकृत इराक चाहेको र यसमा अरव राष्ट्रको संविधान लागु गर्न र माग पूरा गर्न वैधानिक माध्यममार्फत् सबै पक्ष प्रतिवद्ध रहनुपर्छ।'
इराकको अर्ध स्वशासित राज्य कुर्दिस्तानमा सन् २०१७ को सेप्टेम्बरमा स्वतन्त्रताका लागि जनमतङ्ग्रह भएको थियो।तर यसलाई केन्द्र सरकारले अस्वीकार गर्दै स्तन्त्रताको पक्षमा उत्तेजना फैलाउने नेतृत्वलाई सजाय दिइएको थियो। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।