• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वैदेशिक रोजगारीका नाममा ६ युवाबाट ४ लाख ठगी, रकम फिर्ता नपाउँदा पीडितको घरजग्गा लिलामी हुने अवस्था

64x64
नेपाल लाइभ आइतबार, माघ ७, २०७४  २१:०६
1140x725

नेपालगञ्ज– अञ्चलाधीश कार्यालय भेरीका पूर्व कार्यालय सहयोगी तथा मेनपावर एजेन्ट अब्दुल हक खाँले ६ जना युवालाई वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ४ लाख रुपैयाँ ठगी गरेका छन्।

बाँकेको जानकी गाउँपालिका ६ बुढई गाउँका खाँले प्रशासन कार्यालयमा पहुँच भएको भन्दै जानकी–६, कोठारपुरका एकै परिवारका ४ सहित ६ युवालाई ठगी गरेका थिए। एकै परिवार चार जना मौफुज, हारुन, फारुक र सारुख अलि नाउ तथा सोही गाउँकै कयामत अलि नाउ र सान्तब्रेज अलि नाउको पासपोर्ट र पटकपटक गरेर ४ लाख रुपैयाँ लिएर ठगी गरेको पीडितहरुले बताएका छन्।

दुबईको लाल सुपरमार्केटमा क्लिनर इन्डोर काम लगाइदिने भन्दै खाँले ६ जनासँग पटकपटक गरेर जनही ६६ हजार ६ सय ६६ लिएका थिए। वैदेशिक रोजगारीमा जाने आसमा उनीहरुले घरजग्गा दृष्टिबन्धक गरी व्यापारीसँग मासिक ५ प्रतिशतसम्म ब्याजमा रकम निकालेर खाँलाई दिएका थिए।

एजेन्ट खाँले स्वास्थ्य परीक्षण गर्न एक पटक र विदेश नै जानका लागि भन्दै दुई पटक ६ जनालाई नै काठमाडौं बोलाएका थिए। विदेश उड्ने तयारीका साथ काठमाडौं आएका ती युवा पहिलो पटक १८ दिन र दोस्रो पटक २३ दिनसम्म बस्दा पनि उड्न नपाएपछि घर फर्किएका थिए।

विदेश पठाइदिन्छु भन्दै आफूहरुलाई ठगी गरेको भन्दै पीडित युवाहरुले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका थिए। प्रहरीले खोजी गरेपछि एजेन्ट खाँले ०७४ जेठ १८ गते तमसुक गरी ०७४ भदौ १५ भित्र विदेश पठाउने र पठाउन नसके ४ लाख र त्यसको हर्जाना, भाडा समेत बुझाउने भनी कागज गरेका थिए।

त्यसरी कागज गरेको ५ महिनासम्म पनि एजेन्ट खाँले भोलि–पर्सि भनेर झुलाउँदै आएको पीडित युवा मैफुज अलिले बताए। 

‘अहिले त फोन गर्दा पनि लाग्दैन, सम्पर्कमै छैनन्’ पैसा असुलीका लागि कानुनी प्रक्रिया अघि बढाएका पीडितहरु भन्छन्।

मौफुजका दाजुभाइले छिमेकमै घर भएका मामाको ५ धुरको घरजग्गा दृष्टिबन्धक राखेर दुई लाख ५० हजार रुपैयाँमा मासिक ४ प्रतिशत ब्याजमा पैसा लिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नपुग पैसा घरको गरगहना बेचेर एजेन्ट खाँलाई दिएका थिए। एजेन्ट खाँको बदमासीले गर्दा विदेश गएर कमाउने सबै सपना चकनाचुर भएको र मामाको घरजग्गा लिलामी हुने अवस्था आएको मैफुजले बताए।

पीडित युवाहरुले पिपुल्स फोरमको सहयोगमा खाँका बाबुछोराबाट ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा गत पुस १७ गते लिखित उजुरी दिएका छन्। एजेन्ट खाँका छोरा इमाउल हक जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन्।

कार्यालय सहयोगी इमाउलले प्रशासन कार्यालयमा राहदानी बनाउन आउने युवालाई मेरा बुवा मेनपावरका एजेन्ट हुन् तिमीहरुलाई विदेशमा राम्रो ठाउँमा पठाइन्छिन् भन्दै प्रलोभनमा पारेर आफ्ना बुवासँग भेट गराउने गरेको पीडितहरुले बताएका छन्।

इमाउलले फारुक र सारुखको पासपोर्ट आफैंले बुझेर मेनपावर कम्पनीका एजेन्ट आफ्ना बुवालाई दिएको पीडित युवा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वैदेशिक रोजगारीका नाममा युवाहरुलाई ठगी गर्ने कार्यमा इमाउलको पनि संलग्नता रहेको भन्दै लिखित उजुरी परेपछि कार्यालय सहयोगी खाँमाथि छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय बाकेका सूचना अधिकृत खगेन्द्र पौडलले बताए।

कार्यलय सहयोगी इमाउलले भने बुवाले एजेन्टको रुपमा काम गर्ने भएकाले गाउँकै चिनेजानेका युवाहरुलाई राहदानी बनाउन सहयोग गरेको बताए।

जिल्ला प्रशासन कार्यालयमा पीडितले बुझाएको लिखित उजुरी:

प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्