काठमाडौं( एकीकृत पार्टीको नेतृत्वको विषयमा वाम गठबन्धनका शीर्ष नेताबीच सहमति जुट्न नसक्दा पार्टी एकता संयोजन समितिको बैठकले ठोस निर्णय गर्न सकेको छैन।
आइतबार दिउँसो एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले वैचारिक र सांगठनिक कार्यदल बनाउन सकेन। दुई पार्टी अध्यक्षबीचको छलफललाई निष्कर्षमा पुर्याएर मात्र कार्यदल गठन गर्ने निर्णय गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुका प्रेस संयोजक मनोहरी तिमिल्सेनाले जानकारी दिए।
वैचारिक र सांगठनिक कार्यदल बनाएर एकता प्रक्रियालाई अघि बढाउने तयारी गरेका दुई पार्टीका अध्यक्षद्वयले एकीकृत पार्टीको नेतृत्वको विषयमा अझै सहमति जुटाउन सकेका छैनन्। सोही कारण पार्टी एकता प्रक्रियाले ठोस निर्णय सकेको छैन।
माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्वमा दुवै पार्टीका अध्यक्षले भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीमध्ये एक रोज्न एमाले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका थिए। तर, एमाले भने एकीकृत पार्टीको नेतृत्व दाहाललाई दिन अनिच्छुक देखिएको छ। सोही विषयमा शीर्ष नेतृत्वमा कुरा नमिल्दा पार्टी एकता प्रक्रियामा ढिलाइ भएको छ।
आइतबार दिउँसो बसेको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि कार्यदलले बाँडेको सिट संख्या लगायतका विषयलाई अनुमोदन गर्योा र प्रदेश सरकार निमार्णमा गृहकार्य गर्न सुवास नेम्वाङको सोही कार्यदललाई जिम्मेवारी थियो।
बैठकले चुनावी घोषणापत्रमा उल्लिखित विकास र समृद्धिको एजेन्डामा गृहकार्य गर्न थप एक कार्यदल गठन गरेको छ। एमाले उपाध्यक्ष वामदेव गौतमले नेतृत्व गर्ने सो कार्यदलको सदस्यमा वर्षमान पुन, भीम रावल, ईश्वर पोखरेल, युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ र विजय पौडेल सदस्य रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।