काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपराह्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्।
फोनमा मोदीले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई बधाई दिएका छन्।
अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीको भनाई छ।
मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए।
अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा ती तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।