काठमाडौं– वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरेको छ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा आइतबार दिउँसो बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि कार्यदलले बाँडफाँट गरेको सिट संख्या लगायतका विषयलाई अनुमोदन गरेको हो।
बैठकले चुनावी घोषणापत्रमा उल्लिखित विकास र समृद्धिको एजेन्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने निर्णय गरेको छ।
वामदेव गौतम संयोजक रहेको कार्यदलमा भीम रावल, वर्षमान पुन, ईश्वर पोखरेल, युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ र विजय पौडेल सदस्य रहनेछन्।
बैठकले पार्टी एकतालाई निष्कर्षमा पुर्याजउन गठन गर्ने भनिएको वैचारिक र सांगठनिक कार्यदल भने बनाउन सकेन।
माओवादी केन्द्रका अध्यक्षका प्रेस संयोजक मनहरी तिमिल्सेनाका अनुसार, दुई पार्टी अध्यक्षबीचको छलफललाई निष्कर्षमा र्पुयाएर मात्र वैचारिक र सांगठनिक कार्यदल बनाउने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।