काठमाडौं–सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो।
बढुवा सिफारिसमा पर्नेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन्।
सिनियर डिआइजी सुरज श्रेष्ठ भने बढुवामा छुटेका छन्। उनले बढुवाका लागि आवेदन नै नदिएको सशस्त्र मुख्यालयका एक अधिकारीले बताए।
गृहसचिव मोहनकृष्ण सापकोटा नेतृत्वको समितिले बढुवा सिफारिस गरेको हो। सोही सिफारिसका आधारमा सरकारले बढुवा गर्नेछ। बढुवामा नातावाद र आर्थिक चलखेल भएको कतिपयले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।