काठमाडौं- सिद्धार्थ बैंकले थप चार वटा शाखा विस्तार गरेको छ।
आइतबार बैंकले सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो।
बैंकिङ पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप नयाँ शाखा खोलेको बैंकले जनाएको छ।
बैंकका अनुसार, यी शाखाहरु मार्फत स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको सञ्चालन हुनेछ। शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास लिएको बैंकले जनाएको छ।
बैंकले निकट भविष्यमा नै बैंकिङ पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको विज्ञप्तिमा उल्लेख गरेको छ।
आर्थिक वर्ष ०७४/७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७६ अर्ब ९५ करोड रुपैयाँ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।