चुलाचुली- इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणबाट आइतबार दिउँसो एक व्यक्तिको मृत्यु भएको छ।
चुलाचुली गाउँपालिका वडा नम्बर ३ पेल्टीमारीका सोमनाथ भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। खेतमा पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई हात्तीले आक्रमण गरेपछि उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
विगत एक महिनायता चुलाचुली गाउँपालिकामा जंगली हात्तीले दुःख दिँदा स्थानीय जनता आतंकित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।