काठमाडौं- पारिवारिक भ्रमणमा दुबई पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आजै स्वदेश फर्कने भएका छन्।
अध्यक्ष दहाल शनिबार राती १२:०० बजे नेपाल फर्कने भएका हुन्।
प्रचण्डपत्नी सीता दहालको चाहनामा परिवारका सदस्यसहित दुबइ पुगेका थिए।
पारिवारिक भ्रमण दलमा भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेनु दाहाल र सचिवालयमा कार्यरत कान्छी छोरी गंगा दाहालसमेत छन्। टोलीमा रेनु दाहालका छोरा, गंगाकी छोरी र स्व. प्रकाश दाहालका जेठा छोरा पनि छन्।
शनिबार नै नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्दै गरेकाले अध्यक्षको कार्यभार सम्हाल्न प्रचण्ड स्वदेश फर्किएको स्रोतले बताएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्ष दहाल आजै स्वदेश फर्कने पुष्टि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।