काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिस्टको भाइ पार्टी नभएको बताएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले यस्तो बताएका हुन्।
सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्।
'हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौं। अहिले देशको समस्या केपी ओली लाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन,' उनले भने, 'जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन। बाटो नै फरक छ भने ड्राईभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ।'
प्रमुख दलहरुले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाएको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राईभर परिर्वतन गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरेका थिए।
विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप उनको थियो।
'आफूलाई प्रमुख भन्ने ठूला पार्टी आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन। जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र वर्षदेखी मुलुकलाई हिडाइ रहेका छन्। त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी हो राप्रपा,' उनले भने।
अध्यक्ष थापाले राष्ट्र निर्माणको वैकल्पिक विचार र मार्गचित्र राप्रपासंँग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताएका थिए।
उनले सर्वत्र मौलाउदै गईरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।