नयाँ दिल्ली (एजेन्सी)- दिल्लीको सत्ताधारी दल आम आदमीका २० जना विधायकलाई अयोग्य घोषित गरिएको छ।
निर्वाचन आयोगले लाभको पद उल्लंघन गरेको आरोपमा उनीहरुको सदस्यता खारेजका लागि सिफारिस गरे अनुसार राष्ट्रपति रामनाथ कोविंदले आम आदमीका २० विधायकलाई अयोग्य घोषित गर्न सहमति दिएका हुन्। राष्ट्रपतिको सहमतिसँगै केन्द्र सरकारले यस विषयमा सूचना जारी गरेको छ।
यो घटनाले आम आदमी पार्टीलाई ठूलो धक्का लागेको छ। अयोग्य घोषित भएका विधायकको क्षेत्रमा उपनिर्वाचन हुनेछ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अयोग्य घोषित भएका विधायकलाई संसदीय सचिवमा नियुक्त गरेका थिए। जुन आफैंमा लाभको पद हो।
७० सिट रहेको दिल्लीको विधानसभामा आम आदमीका ६६ विधायक थिए। २० विधायकको सदस्यता रद्द भएपछि पनि आम आदमीसँग अझै स्पष्ट बहुमत छ। तर, यस घटनाछि कंग्रेस र भारतीय जनता पार्टीले मुख्यमन्त्री केजरीवाललाई नैतिकताको आधारमा राजीनामा दिन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।