काठमाडौं– थापाथलीस्थित प्रसूति गृहको क्यान्टिनमा लागेको आगो नियन्त्रणमा आएको छ। त्यहाँ सिलिन्डर ग्यास विस्फोट भएपछि आगो लागेको थियो।
ग्यास 'लिक' भएर आगो लागेको थियो। समयमै 'फायर डिस्पोजल ग्यास'ले आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
क्यान्टिनका केही सामग्री जले पनि ठूलो दुर्घटना भने हुन नपाएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।