एजेन्सी– विवादित बलिउड फिल्म 'पद्मावत' को विषयलाई लिएर भारत पुनः तनावग्रस्त बन्दै गएको छ। निर्देशक संजयलिला भंसालीको अनुरोधलाई बेवास्ता गर्दै विपक्षी करणीसेना समूहले एकपछि अर्को घटना घटाउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसअघि भारतीय सर्वोच्च अदालतले फिल्म देशभर चलाउन दिएको आदेशको अवज्ञा गर्दै करणीसेनाले आउदो जनवरी २५ का लागि पूरै भारत बन्दको आह्वान गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्। करणीसेनाको यस्तो धम्की र उदण्डको प्रभाव विभिन्न मल्टिप्लेक्स हलहरुमा पर्न थालेको छ। यसैको प्रभाव स्वरुप गुजरातमा फिल्मको विरोधलाई मध्यनजर गर्दै फिल्म हलहरुमा नचलाउने समेत मल्टिप्लेक्स हलवालाहरुले निर्णय गरेका छन्।
गुजरातका हलवालाहरुले मल्टिप्लेक्सको सुरक्षा चुनौतीका कारण फिल्म पद्मावत गुजरातमा नचालाउने प्रतिकृया दिएका छन्।
फिल्मको विरोध गर्दै राजपुत संगठनले आइतबार पनि विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले यदी फिल्म चलाएमा फिल्म हलहरु नै आगो लगाइदिने धक्की समेत दिएका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
हलहरुको फिल्म नचलाउने निर्णयपछि पनि गुजरात स्थित अहमदा शहरको एक मल्टिप्लेक्स हलमा प्रदर्शनकारीहरुले आगजनी समेत गरेका छन्। भने अन्य जिल्लामा प्रर्दशनकारीहरुले बस तथा गाडीहरुमा आगजनी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।