काठमाडौं– ‘द सुपर मोडल नेपाल–२०१८’ को उपाधि अभिलाषा शर्माले जितेकी छन्। शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अन्तर्गत ४४ जनालाई पछि पार्दै अभिलाषाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन्।
विजेता अभिलाषाले शीर्ष उपाधिसहित नगद रु २५ हजार सहित विभन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छन्। उनले फोटोजेनिक सवटाइटल पनि जितेकी छिन्।
प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संंस्करण हो। यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भइन् भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जितेकी छिन्। फष्ट तथा सेकेन्ड रनरअपले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्परहरु प्राप्त गरे।
कार्यक्रममा निर्णायक भूमिकमा फोटोग्राफर राजभाइ सुवाल, होम दवाडी, डा.बिजेशराज घिमिरे, उज्ज्वलकृष्ण श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य रहेका थिए।
रोजिन शाक्यको कोरियोग्राफी रहेको यस ‘द सुपर मोडल नेपाल’ प्रतियोगीतामा विभिन्न सवटाइटल उपाधि पनि प्रदान गरिएको थियो। जसमा सुजातन खत्री मिस पर्सनालिटी, जिना तामाङ मिस बेस्ट वाक, सुस्मिता शाक्य मिस डिसिप्लिन, प्रनिशा पोखरेल बेस्ट फिगर र संस्कृति पौडेल बेस्ट फ्रेण्डशीप घोषित भए।
त्यस्तै, प्रतियोगितामा रश्ना महर्जन मिस स्माइल, लोप्साङ लामा बेस्ट स्किन, सुप्रिया थापा बेस्ट स्टाइलिस्ट, प्रमिला सिलवाल बेस्ट ड्रेस र निलिशा शाहीले मिस कन्फिडेन्स उपाधि प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।