काठमाडौं– बुढानिलकण्ठको होटलबाट शनिबार प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
हरियो पर्दा होटलबाट प्रहरीले रेड पन्डाको छालाको कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त टोलीले २ वटा रेड पन्डाको छालासहित मकवानपुर घर भएका ३२ वर्षीय बिनोदकुमार राना सहित ४ जनालाई पक्राउ गरेको हो।
दुर्लभ वन्यजन्तु रेड पन्डाको छाला कारोबारको सूचनाका आधारमा छापा हानी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।