काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीबीच कार्यसम्पादन सम्बन्धी सम्झौता भएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित एक समारोहमा मन्त्री ज्ञवाली र सचिव बैरागीबीच एक वर्षभरीमा गर्ने कामबारे सम्झौता भएको हो।
परराष्ट्रमन्त्री ज्ञवालीका सञ्चार सहयोगी सुधन ज्ञवालीका अनुसार एक वर्षको अवधिमा मन्त्रालयले सम्पन्न गर्ने कामबारे मन्त्री र सविचबीच सम्झौता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्बन्धी सम्झौता गरेका थिए।
अहिले मन्त्रीहरुले पनि सचिवहरुसँग यस खालको सम्झौता गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।