पोखरा- प्रदेश नम्ब ४ का प्रदेश सभाका सदस्यहरुको सथप ग्रहण सुरु भएको छ।
प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा सुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ प्रदेश सांसद जनकलाल श्रेष्ठलाई सपथ गराए। जेष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउने कानुनी व्यवस्था अनुसार सदस्यहरुको सपथ सुरु भएको प्रदेश प्रमुख कुँवरले बताए।
परासी, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीको प्रदेशसभावाट निर्वाचित प्रदेशसभा सदस्यहरुदलाई अस्थायी मुकाममा सपथ ग्रहण चलिरहेको कुँवरले बताए।
सपथ ग्रहण समारोहमा क्षेत्रीय प्रशासन लक्ष्मण अर्याल, लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी र सचिव देवीप्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो। सपथलगत्तै प्रदेशसभाको बैठक बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।