पोखरा- प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई आइतबार बिहान सपथग्रहण गराए।
समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।
ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेशसभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ। ४ नम्बर प्रदेशमा जम्मा ६० जना प्रदेश सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।