काठमाडौं– आगामी फागुन ४ देखि ६ गतेसम्म मलेसियामा हुन लागेको सांगीतिक कार्यक्रमका आयोजकले एक मोडललाई यौन प्रस्ताव गरेको आरोप लागेको छ।
मोडेल प्रमिला न्यौपानेले मलेसियामा हुन लागेको ‘युनिक धमका ७’ का आयोजक मध्येका एकले राखेको प्रस्ताव आफूले अस्वीकार गर्दा कार्यक्रमबाटै निकालिएको आरोप लगाएकी छिन्।
शनिवार राति फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेकी छिन्, ‘युनिक धमाका ७’ का आयोजक मध्ये एक आयोजकजीले सेक्स प्रस्ताव राख्नुभएको थियो। उहाँको प्रस्ताव स्वीकार नगर्दा रातारात पोस्ट चेन्ज गर्नुभएछ।’
उनले पोस्ट भनेर पोस्टर भन्न खोजेको देखिन्छ। अघिल्लो पोस्टरमा मोडलका रुपमा न्यौपानेको तस्बिर छ भने उनले परिवर्तन गरेको भनेको पोस्टरमा उनको ठाउँमा लिला गिरी नामकी मोडल छिन्।
यसअघि गायिका निक्की कार्कीले अमेरिकामा भएको यस्तै कार्यक्रमका एक आयोजकले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाउँदै उजुरी गरेकी थिइन्।
उनले गरेको पोस्ट-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।