डडेल्धुरा- परशुराम नगरपालिकामा न्यानो लुगा खरिदमा अनियमितता भएको पुष्टि भएको छ।
नगर कार्यपालिकाको बैठकले ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा अनियमितता गर्ने परशुराम नगरपालिकाका सूचना अधिकारी जगन्नाथ जोशीमाथि काराबाहीको माग गरेको हो। बैठकले अनियमितता गरेको रकम सोधभर्ना गरी कारबाही गर्न नगरप्रमुख भीमबहादुर साउदलाई आग्रह गरेको छ।
यसअघि नगरपालिकाले उक्त विषयमा छानबिनका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केशव बोहराको संयोजत्वमा छनबिन समिति बनाएको थयो। मुख्य तीन राजनीतिक दलको प्रतिनिधित्व रहने गरी नेकपा एमालेबाट गणेशबहादुर सिंह, नेपालीका कांग्रेसबाट कैलाशकुमार पाण्डे, नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल समितिमा छन्।
समितिले अनुसन्धान गरी न्यानो कपडा खरिदमा आर्थिक अनियमितता पुष्टि गरेको सिंहले बताए। कुल ९ लाखको लुगा खरिदमा ३ लाख २० हजार ४१९ रुपैँया आर्थिक अनियमितता भएको समितिको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।