तुलसीपुर- प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै पाँच दिनदेखि दाङमा जारी आमहडताल फिर्ता भएको छ।
संघर्ष समितिको लमहीमा बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए।
बन्द फिर्ता भएपछि आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमित रुपमा सञ्चालन हुनेछन्।
बन्द फिर्ता भए पनि चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।