हेटौँडा- प्रदेश नम्बर ३ का निर्वाचित सांसदहरुको पदभार ग्रहणको तयारी पूरा भएको छ। आज बिहान १० बजे प्रदेश प्रमुख अनुराधा कोइराला प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम छ।
ज्येष्ठ सदस्य पौडेलले अन्य ११० प्रदेशसभा सदस्यलाई ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।
प्रदेश प्रमुख कोइरालाले भने शनिबार मकवानपुरको हेटौँडामा पदभार ग्रहण गरेकी थिइन्। प्रदेश प्रमुख कोइरालालाई मकवानपुरका स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख, प्रदेशसभा सदस्यलगायतले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।