दमासकस : सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्णरुपमा नियन्त्रणमा लिएको छ।
सिरियाको अलकायदा आवद्ध लेभेन्ट लिवरेसन समिति (नुस्रा फ्रन्ट)सँगको व्यापक लडाइपछि सेनाले उक्त हवाई अखडा नियन्त्रणमा लिन सफल भएको नाम गोप्य राख्ने शर्तमा एक सैनिकले बताए ।
इदलिवको दक्षिणी क्षेत्रमा सेना र विद्रोही समूहबीच यस महिनाको शुरुबाटै भएको आक्रमणपछि शनिबार हवाई अखडा नियन्त्रणमा लिइएको हो । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।