काठमाडौं– सात वटै प्रदेश कार्यालयमा आइतबार प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहणको तयारी गरिएको छ। संविधान अुनसार ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र अन्य सांसदलाई ज्येष्ठ सांसदले सपथ खुवाउने प्रावधान छ।
सोही अनुसार आइतबार ५ सय ५० प्रदेशसभा सदस्यलाई सपथ ग्रहणको तयारी गरिएको छ। सपथ ग्रहणपछि आइतबार नै निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका मतदाताहरुको नामावली सार्वजनिक गर्दै छ।
राष्ट्रियसभामा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।
५ वटा प्रदेशमा सांसदलाई सपथ खुवाउने ज्येष्ठ सांसदको टुंगो लागिसकेको छ भने प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अझै टुंगिएको छैन। निर्वाचन कार्यालयसँग ज्येष्ठ सांसदको नाम मागिएको प्रदेश प्रमुखका कार्यालयका अधिकारीहरुले बताएका छन्।
यी हुन् सपथ खुवाउने ज्येष्ठ सांसद:
प्रदेश १– ओमप्रकाश सरावरी
प्रदेश ३– डोरमणि पौडेल
प्रदेश ४– जनकलाल श्रेष्ठ
प्रदेश ५– बलदेव शर्मा पोखरेल
प्रदेश ६– हिमबहादुर शाही
प्रदेश ७– बलबहादुर सोडारी (निर्वाचन कार्यालयबाट आधिकारिक निर्णय हुन बाँकी।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।