काठमाडौं– रेडियो कान्तिपुरले २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको नेसनल म्युजिक अवार्ड २०७४ का लागि विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको छ।
माघ २६ गते हुने अवार्ड समारोहमा गीत–संगीतका १७ विधा र उत्कृष्ट ३ विज्ञापन एजेन्सीलाई अवार्ड दिइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उत्कृष्ट नव गायक, गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट ब्यान्ड तथा उत्कृष्ट आधुनिक गायक र गायिका, उत्कृष्ट गीत र उत्कृष्ट एल्बमको विधामा अवार्ड दिइने जनाइएको छ।
श्रोताहरुको छनोटका आधारमा पब्लिक च्वाइस अवार्ड पनि दिइनेछ।
त्यस्तै, लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान गरेका एक संगीत साधकलाई १ लाख रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिने रेडियो कान्तिपुरका प्रबन्ध निर्देशक दिनेश डिसीले जानकारी दिए।
अवार्डमा ०७३ साल साउन १ देखि ०७४ असार मसान्तभित्र विश्वभर सार्वजनिक भएका नेपाली गीतहरुबाट विभिन्न १६ विधाका लागि उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छ। उक्त मनोनयन ३ जनाको निर्णायक मण्डलीले तयार पारेको आयोजकले जनाएको छ। निर्णायकमा गीत रचनातर्फ दिनेश अधिकारी, संगीत विधाबाट सुरेश अधिकारी र गायन विधाबाट कुन्ती मुक्तान थिए।
आयोजकले छनोट भएका उत्कृष्ट ५ बाट अवार्डका लागि उत्कृष्ट एकको चयन वरिष्ठ ३ संगीत साधकबाट हुने जनाइए पनि उनीहरुको नाम भने आयोजकले खुलाएको छैन।
यस्तो छ मनोनयन सूचीः
उत्कृष्ट नवप्रतिभा
गीत (गायक, गायिका) संगीत निर्देशक शब्द
अ. एक जमानापछि – मेनुका पौड्याल – दिपम सिलवाल – बि.बि. थापा
आ. तिमीसँग – बेनुप क्षेत्री – हरि लम्साल – भूपेन्द्र खड्का
इ. छुपुमा छुपु – लाक्पा शेर्पा लामा – विनय लामा – विनय लामा
ई. कसरी भनौ – स्वपनम सुमन – स्वपनम सुमन – स्वपनम सुमन
उ. हवाईजहाज – सज्जनराज वैद्य – सज्जनराज वैद्य – सज्जनराज वैद्य
उत्कृष्ट रचनाकार (शब्द)
अ. शिरैमा शिरबन्दी – उत्तम जंग लिम्बु
आ. कतै मिलन – सुवाश गौतम
इ. म हुरीमा – रमेश बि.जी.
ई. आज फेरि – वीरेन्द्र पाठक
उ. यति धेरै माया – पुरज गिरी
उत्कृष्ट संगीतकार (गीत)
अ. हरि लम्साल – आज फेरि
आ. कालीप्रसाद बाँस्कोटा – साइँली
इ. अजुन पोख्रेल – भन्छु आज
ई. महेश खड्का – दर्शन नमस्ते
उ. न्यु बज्रचार्य – किन हेरिनौ
उत्कृष्ट लोक तथा दोहोरी गायक
अ. मुटुमा बसेको माया – रामजी खाँण ठकुरी
आ. जोगाउनु छ कालापानी – पशुपति शर्मा
इ. सलललल मै बगी – खुमन अधिकारी
ई. लाली जोबन – बद्री पंगेनी
उ. यी आँखाको नानी – क्रिसी खड्का
उत्कृष्ट लोक तथा दोहोरी गायिका
अ. एउटा कुरा – देवी घर्ती
आ. गाउँमा भो हल्ला – टीका पुन
इ. मुटुमा बसेको माया – मुना थापा
ई. सलललल मै बगी – रमिला न्यौपाने
उ. दास बनेर – विष्णु माझी
उत्कृष्ट प्ले ब्याक सिंगर (पुरुष)
अ. तिमी रोएको पल – सुगम पोखरेल
आ. मोटर साइकलमा – प्रताप दास
इ. काँहानी यो प्रेम गीतको – रोहित जोन क्षेत्री
ई. आकाशैमा – राजेश पायल राई
उ. कथा तिम्रो सुनु – आसिफ शाह
उत्कृष्ट प्ले ब्याक सिंगर (महिला)
अ. कुटुमा कुटु – मेलिना राई
आ. तिमी रोएको पल – अञ्जु पन्त
इ. मोटरसाइकलमा – इन्दिरा जोशी
ई. झकास झापाली – शशी रावल
उ. ठमेल बजार – मीना निरौला
उत्कृष्ट राष्ट्रिय गीत
अ. मेरो देश – हरिदत्त फुलारा (गायक, शब्द, संगीत)
आ. देश को – सुमित खड्का (गायक), विदुर के (शब्द), शक्ति वल्लभ (संगीत)
इ. आमा – मनोजराज शिवाकोटी (गायक), हरिराम महर्जन (शब्द), जुगल डंगोल (संगीत)
ई. मेरो नेपाल – सन्दीप (गायक) अनिल शाही (शब्द, संगीत)
उ. हाम्रा नेपाल – कर्ण दास (गायक, संगीत) विवेक मल्ल (शब्द)
उत्कृष्ट पप गायक
अ. सुपर राग – लाहुरे
आ. पहाडमा हुर्केकी – धर्मेन्द्र सेवान
इ. दर्शन – सुगम पोखरेल
ई. जाउँला रेलैमा – कमल खत्री
उ. सानी – दीपक बज्रचार्य
उत्कृष्ट पप गायिका महिला
अ. खै – वार्तिका राई
आ. गलफ्रेन्ड – इन्दिरा जोशी
इ. गुरासँ फुल्यो – तृष्णा गुरुङ
ई. माया हो कि होइन – श्रेया सोताङ
उ. आँखा भरि – नट्टु शाह
पब्लिक च्वाइस
अ. साँइली – हेमन्त राणा
आ. कुटुमा कुटु – राजनराज शिवाकोटी, मेलिना राई
इ. ठमेल बजार – मीना निरौला, कालीप्रसाद बाँस्कोटा
ई. सुपर रागा – लाहुरे
उ. चिया कफी – स्वपनम सुमन
उत्कृष्ट गायन समूह
अ. के तेरो के मेरो – कब वेब
आ. हजार सपना – १९७५ ए.डी.
इ.तुइनको छ है भर – नाइट ब्यान्ड
ई. लोरी – पहेँलो बत्ती
उ. त्यो के – मङकी टेम्पल
उत्कृष्ट आधुनिक गायक पुरुष
अ. रामकृष्ण ढकाल – यस्तो को हौ तिमी
आ. राजेश पायल राई – दर्शन नमस्ते ३
इ. सत्यराज आचार्य – मधुशाला
ई. सुरजकुमार थापा – भो माया
उ. अजर जंगम – आज फेरि
उत्कृष्ट आधुनिक गायक महिला
अ. मेलिना राई – तिमीले बाटो
आ. बानिका प्रधान – यति धेरै माया
इ. मिलन अमात्य – टिप टिप
ई. संगीता राणा प्रधान – आँसु पिएर
उ. अञ्जु पन्त – बहारमा रमाउने
उत्कृष्ट गीत
अ. मधुशाला – सत्यराज आचार्य (गायक, शब्द)
आ. जाउँला रेलैमा – कमल खत्री (गायक, शब्द)
इ. आज फेरि – अजर जंगम (गायक), वीरेन्द्र पाठक (शब्द)
ई. म हुरीमा – रामकृष्ण ढकाल (गायक) रमेश बि.जी (शब्द)
उ. यति धेरै माया – बानिका प्रधान (गायिका) पुरन गिरी (शब्द)
उत्कृष्ट एल्बम
अ. रामकृष्ण ढकाल – आवरण
आ. राजेश पायल राई – दर्शन नमस्ते ३
इ. सत्यराज आचार्य – मधुशाला
ई. अजर जंगम – आकाश मिचिएको शहर
उ. राजुबाबु श्रेष्ठ – अग्रज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।