काठमाडौं– सरकारले सात सहसचिवलाई प्रदेश प्रमुखको कार्यालयमा सचिवमा रुपमा खटाएको छ। सातै वटा प्रदेश कार्यालयमा सहसचिवको कमाण्डमा सामान्य प्रशासन मन्त्रालयले शनिबार ९१ जना कर्मचारीहरु पठाएको छ।
हालै फाइल बढुवा भएका सहसचिवहरुलाई प्रदेश कार्यालयको सचिवका रुपमा खटाइएको हो।
प्रदेश कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी सचिव पदका रुपमा कार्यरत रहने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।
हरेक प्रदेश कार्यालयमा २ उपसचिव, ७ अधिकृत, २ नासु, १ कम्युटर अपरेटर, ३ सवारी चालक र २ कार्यालय सहयोगीको दरबन्दी तय गरी कर्मचारी खटाइएको छ।
‘केही कर्मचारीहरु आजै प्रदेश कार्यालयमा पुगिसकेका छन्’, न्यौपानेले भने, ‘सबैलाई भोलि सपथ ग्रहण अगाडि नै पुग्न निर्देशन दिइएको छ।’
को-को खटिए ?
प्रदेश १– रामकृष्ण गुरागाईं
प्रदेश २– लावण्यकुमार ढकाल
प्रदेश ३– चतुर्भुज ज्ञवाली
प्रदेश ४– देवीप्रसाद ज्ञवाली
प्रदेश ५– सनतकुमार दुवाडी
प्रदेश ६– भरतबहादुर ढुंगाना
प्रदेश ७– युवराज सुुवेदी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।