सुर्खेत– सुर्खेतमा प्रदेश नम्बर ६ का लागि प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ। क्षेत्रीय वन निर्देशनालयमा प्रदेश प्रमुखका लागि कार्यालय स्थापना गरिएको हो।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार बिहान दस बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ। प्रदेश प्रमुखको कार्यालय स्थापना भएसँगै पदभार ग्रहणको तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अधिकृत केशवप्रसाद उपाध्यायले जानकारी दिए।
प्रदेश प्रमुख खनालले आइतबार पदभार ग्रहण गरेलगत्तै बिहान ११ बजे प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराउनेछन्।
प्रदेशको अस्थायी राजधानी सुर्खेतमा प्रदेश सांसदहरुको सपथका लागि सबै तयारी पूरा भएको उपाध्यायले जनाए। उनका अनुसार, आइतबार बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सांसदहरुलाई सपथ खुवाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।