राजविराज– प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि यतिबेला अधिकांश विजयी उम्मेदवारहरुको ध्यान सरकार गठन र प्रदेश राजधानीमा केन्द्रित छ।
कतिपय विजयी उम्मेदवार मुख्यमन्त्री बन्ने दौडमा छन् भने कतिपय उम्मेदवार मन्त्री नै पाए पनि हुन्थ्यो भन्दै व्यस्त छन्। चुनावमा हार ब्यहोरेका अधिकांश उम्मेदवार भएर पूर्ववत् सामान्य दिनचर्यामा फर्किरहँदा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवले भने सक्रिय देखिएका छन्।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका यादवले शनिबार छिन्नमस्ता गाउँपालिका ७ हाटीमा पुगेर करिब १ सय ७५ विपन्न परिवारलाई कम्बल बाँडे।
उनले भने, ‘म यसअघि चुनाव हार्दा पनि जनताकै बीचमा थिएँ, फेरि जनताकै बीचमा छु।’ एउटा चुनाव हार्दैमा आफू जनतालाई भुलेर हिँड्न सक्ने नेता नभएको बताउँदै यादवले थपे, ‘जनतालाई दुःख पर्दा म सधैं साथमा हुनेछु।’
उनले स्थानीय अक्षयलाल यादवको सहयोगमा हाटीका अपांग, एकल महिला, दलित र विपन्न गरी १ सय ७५ परिवारलाई कम्बल बाँडेका छन्। सप्तरीमा शीतलहरका कारण छिन्नमस्ताका ८ सहित ३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।