काठमाडौं- प्रदेश सभा सांसदहरुको सपथ आइतबार हुँदै छ। सपथका लागि सम्पूर्ण तयारी पूरा गरेको निर्वाचन आयोगले सोही अनुसार सात वटै प्रदेशका सांसदहरुमध्येका ज्येष्ठ नागरिकको नामावली सम्बन्धित प्रदेशमा पठाइसकेको छ।
प्रदेश प्रमुखको नियुक्ति र सपथ लगत्तै आयोगले प्रदेशसभा सदस्यको सपथ कार्यक्रम अघि सारेको हो।
शक्रबार आयोगले प्रदेश प्रमुखहरुसँग छलफल गर्दै आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहण गराउने सहमति गरेको थियो। सात वटै प्रदेशको अस्थायी राजधानीमा प्रदेशसभाका सदस्यलाई सपथ गराउने तयारी छ। सपथ ग्रहणमा सहभागी हुन सात वटै प्रदेशका प्रमुख सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
यसरी हुनेछ सपथ
आइतबार हुने सपथ ग्रहणको सुरुमा प्रदेश प्रमुखले प्रदेशसभाका सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनेछन्।
त्यस लगत्तै ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाउनेछन्।
सपथ ग्रहण लगत्तै ज्येष्ठ नागरिकको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।