काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ मा दिने विश्व उत्कृष्ट पुरुष फुटबल प्रशिक्षकको १० मनोनयनमा स्पेनिस ला लिगाका कुनै पनि प्रशिक्षक पर्न सकेनन् । प्राय राष्ट्रिय टिमका प्रशिक्षकहरु परेको मनोनयनमा इंग्लिस प्रिमियर लिगका तीन प्रशिक्षक रहेका छन् ।
म्यानचेस्टर सिटीलाई प्रिमियर लिग जिताएका प्रशिक्षक पेप गार्डिओलासँगै लिभरपुललाई च्याम्पियन्स लिग जिताएका प्रशिक्षक जर्गेन क्लोप र च्याम्पियन्स लिग फाइनलमा पराजित टोटनह्यामका प्रशिक्षक मोउरेसियो पोचेटिनो पनि मनोनयनमा छन् ।
मनोनयमा ब्राजिललाई कोपा अमेरिका जिताएका प्रशिक्षक टिटे सँगै कोपा उपविजेता पेरुका प्रशिक्षक रिकार्डो गारेका पनि मनोनयनमा छन् ।
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा १०, उत्कृष्ट महिला खेलाडी १२, पुरुष टिम प्रशिक्षक १०, महिला टिम प्रशिक्षक १० गरी चार विधाका उत्कृष्टको नाम फिफाले बुधबार बेलुका सार्वजनिक गरेको हो । जसमा समर्थकहरुले अनलाइन भोटिङ गर्न पाउने छन् । अन्तिम नतिजा २३ सेप्टेम्बरमा सार्वजनिक हुनेछ ।
पुरुष टिम प्रशिक्षकको मनोनयनमा को को ?
पेप गार्डिओला (म्यानचेस्टर सिटी)
डिडियर डेसच्याम्प्स (फ्रान्स)
डिजामेल बेलमाडी (अल्जेरिया)
मार्सेलो गालार्डो (रिभर प्लेट)
रिकार्डो गारेका (पेरु)
जर्गेन क्लोप (लिभरपुल)
माउरिसियो पोचेटिनो (टोटनह्याम)
फर्नान्डो सन्तोष (पोर्चुगल)
इरिक टेन ह्याग (आयाक्स)
टिटे (ब्राजिल)
महिला टिम प्रशिक्षकको मनोनयनमा को को ?
मिलेना बर्टोलिनी (इटाली राष्ट्रिय टिम)
जिल एलिस (अमेरिका राष्ट्रिय टिम)
पिटर जेराडसन (स्वीडेन राष्ट्रिय टिम)
फुतोसी इकेडा (जापान यु २० राष्ट्रिय टिम)
एन्टोनिया इज (स्पेन यु १७ राष्ट्रिय टिम)
जोय मोन्टेमुरो (आर्सनल)
फिल नेभिल (इंग्ल्याण्ड राष्ट्रिय टिम)
रेनाल्ड पेडरोस (ओलम्पिक लियोनस)
पाउल रिले (नर्थ कारोलिना करेज)
सरिना विगम्यान (नेदरल्याण्ड्स राष्ट्रिय टिम)
यो पनि - विश्व उत्कृष्ट को ? लिभरपुलका तीन खेलाडी शीर्ष १० मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।